हिट निर्देशकको कवितासंग्रह सार्वजनिक

हिट निर्देशकको कवितासंग्रह सार्वजनिक

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक दयाराम दाहालले पहिलो कविता संग्रह ‘शब्द-संग्राम’ सार्वजनिक गरेका छन् । रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा शुक्रबार संस्कृतविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार रोचक घिमिरे र अभिनेता निखिल उप्रेतीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

डिकुरा पब्लिकेशनद्धारा प्रकाशित शब्द-संग्राममा निर्देशक तथा लेखक दाहालले आफ्नो सिनेमा क्षेत्रको शरुवाती कालखण्डदेखि वर्तमान अवस्थासम्मको कुराहरु उतारेका छन् । पुस्तकको मुल्य २९९ रुपैया तोकिएको छ । झण्डै एकसय पचास पृष्ठको कविता सग्रह पाठकहरुले पढ्नै पर्ने साहित्यकारद्वय रोचक घिमिरे र डा. कृष्णहरी बरालले बताए ।

दयाराम नेपाली सिनेमामा कथा र गीत लेखनमा पनि ख्यातीप्राप्त व्यक्ति हुन् । दयारामले ‘पालेदाई’, ‘करोडपती’, तँ त सार्है बिग्रिस नि बद्रि’जस्ता सुपरहिट सिनेमा निर्देशन गरिसकेका छन् ।