खगेन्द्रको ‘डमरुको डन्डीबियो’ फस्ट लुक्स रिलिज

खगेन्द्रको ‘डमरुको डन्डीबियो’ फस्ट लुक्स रिलिज

The Cinema Times

अभिनेता खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको फिल्म डमरुको डन्डीबियो को फस्ट लुक्स रिलिज भएको छ । सार्वजनिक दुई पोस्टरमा अभिनेता लामिछाने मात्रै प्रस्तुत छन् । सार्वजनिक फिल्मको दुई पोस्टर हेर्दा डमरु पात्र जुझारु स्वभावको या क्रान्तिकारी हुन सक्ने अड्कल काट्न सकिन्छ ।

यसअघि नोभेम्वर रेन, क्लासिक र डायरीको स्क्रिप्ट लेखेका छेतेन गुरुङको डेन्यु निर्देशन रहेको फिल्ममा खगेन्द्र सहित मेनुका प्रधान, बुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायत कलाकारहरुको अभिनय रहेको छ । विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको संयुक्त लगानी रहेको फिल्मलाई हरी हुँमागाईले खिचेका हुन् । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको डमरुको डन्डी बियो लाई प्रितम पाण्डेले सम्पादन गर्दैछन् । फिल्मको लेखन खगेन्द्र लामिछानेकै हो ।