‘तितेपाते तितेपाते झ्याप झ्याप…’ गीत रिलिज

‘तितेपाते तितेपाते झ्याप झ्याप…’ गीत रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – छेतन गुरुङ निर्देशित सिनेमा ‘डमरुको डण्डीबियो’को गीत सार्वजनिक गरिएको छ । ‘तितेपाते तितेपाते झ्याप झ्याप…’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको स्वर र संगीत छ । भने, एकतारे, हर्क साउद र कालीले गीतमा शब्द भरेका छन् ।

राजधानीमा गरिएको गीत रिलिज प्रेसमिटमा सिनेमाका कलाकारद्वय खगेन्द्र लामिछाने, बुद्दी तामाङ, आशान्त शर्मा र संगीतकार कालीप्रसाद बाँस्कोटा पनि उपस्थित रहे । सार्वजनिक गीतको बारेमा बोल्दै कालीले ‘तितेपाते तितेपाते…’ करोड भ्युजका लागि भन्दा पनि सिनेमाको स्टोरी अनुरुप तयार गरिएको बताए । ‘निर्माण टिमले बजार पिट्ने भन्दा पनि कथासँग सुट गर्ने गीत निर्माण गर्न लगाउनु भएको थियो । त्यहिँ अनुसार गीत तयार गरेका छौ । आशा छ दर्शक/श्रोताले मन पराइदिनु हुनेछ ।’ कालीले भने ।

बैशाख २१ गतेबाट प्रदर्शन हुने ‘डमरुको डण्डीबियो’मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

समृद्दी इन्टरटेनमेन्टको व्यनरमा निर्माण भएको सिनेमामा नोर्बु छिरिङ घले र विनोद गुरुङको संयुक्त लगानी रहेको छ । सिनेमामा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।