‘डमरुको डण्डीबियो’ रिलिज डेट कम्फर्म

‘डमरुको डण्डीबियो’ रिलिज डेट कम्फर्म

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – खगेन्द्र लामिछाने अभिनित सिनेमा ‘डमरुको डण्डीबियो’को रिलिज डेट कम्फर्म गरिएको छ । निर्माण पक्षले रिलिज डेटसहितको दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । अब सिनेमा बैशाख २१ गते प्रदर्शन हुनेछ ।

सिनेमाको पोस्टरमा खगेन्द्रलाई मात्र डण्डीबियो बोकिरहेको अवस्थामा प्रस्तुत गरिएको छ । नेपालमा लोप हुँदै गैरहेको डण्डीबियोको कथालाई उठ्ठान गरेको सिनेमालाई स्क्रिप्ट राइटर छेतेन गुरुङले निर्देशन गरेका हुन् । छेतेनले यसअघि नोभेम्वर रेन, क्लासिक र डायरीको स्क्रिप्ट लेखिसकेका छन् ।

सिनेमामा खगेन्द्रका अलावा मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको सिनेमामा खगेन्द्रकै लेखन छ । प्रितम पाण्डेको सम्पादन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत र हरी हुमागाइँको छायाँकन रहेको छ ।