११ फोटोमा हेर्नुहोस् ‘छक्का पन्जा’को १०० दिन सेलिब्रेसन, बाडियो बोनस गरियो सम्मान

११ फोटोमा हेर्नुहोस् ‘छक्का पन्जा’को १०० दिन सेलिब्रेसन, बाडियो बोनस गरियो सम्मान

The Cinema Times

एतिहासिक सफलता हात पारको फिल्म ‘छक्का पन्जा’ले प्रदर्शनको १०० प्लस दिन पुरा गर्दै बक्स अफिसमा सर्बाधिक १५ करोड माथिको बिजनेस गरेको उपलक्ष्यमा आफ्ना सहयोगीहरुलाई सम्मान गर्दै बृहत बनभोजको कार्यक्रमको आयोजना गर्यो ।

बुधबार भैंसेपाटिस्थित श्रीकाली चौर जहाँ फिल्मको देखन चम्पा नामक गीत खिचिएको थियो, त्यहाँ फिल्मकर्मीलाई बोनस बाडियो, सहयोगी मायाको चिनो र संचारकर्मीहरुलाई सम्मान पत्र दिईयो । उक्त बनभोज तथा सक्सेस पार्टीमा संचारकर्मी, सिनेकर्मी, वितरक, हलवाला र प्राबिधिकको उपस्थिति थियो ।  देशका साना ठुला नाम चलेका प्राय कमेडी कलाकारहरुको उक्त कार्यक्रममा उपस्थिति देखिन्थ्यो ।

deepak deepa Hundred days celebration

उपस्थित सबैले ‘छक्का पन्जा’ टिमलाई बधाई दिए भने रमाइलो गर्दै खुशी साट्दै नाचे पनि । ‘मह जोडी’ मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,दिपाश्री निरौला, दिपकराज गिरि, सीताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), जितु नेपाल (मुन्द्रे), केदार घिमिरे ‘माग्ने बुढा’, बसुन्धरा भुसाल, आर्यन सिग्देल, दिलिप राइमाझी, वर्षा राउत, पुजा शर्मा, करण केसी ‘राता मकैं’, राजनराज सिवाकोटी, दिपक शर्मा, कविराज गहतराज, राजाराम पौडेल लगाएतका थुप्रै कलाकारको कार्यक्रममा उपस्थिति थियो।

chhakka panja party narendra maharjan

तर सिनेमाका मुख्य कलाकारहरु प्रियंका कार्की, शिवहरि पौडेल र नम्रता सापकोटा भने व्यस्तताका कारण उपस्थित नभएको जानकारी गराईयो । दिपाश्री निरौलाको निर्देशनमा बनेको ‘छक्का पन्जा ‘ गत भदौ २४ मा प्रदर्शनमा आएको थियो भने हालसम्म पनि आधा दर्जनहलहरुमा प्रदर्शनरत छ । दीपाले सबै आफ्ना फिल्मको क्रु र सहयोगी हातहरुलाई र बिशेषगरि संचारकर्मीहरुलाई धन्यवाद दिदै यो साथ् र माया सधै दिईरहन आग्रह समेत गरिन् ।

हेर्नुहोस् उक्त पिकनिकका फोटोहरु:

magne buda chhakka panja

aaryan sigdel chhakka panja success party

barsha raut chhakka panja success party with maha jodi

chhakka panja muiya magne buda

maha jodi with chhakka panja actors

chhakka panja child artists deepahsree taking token of love

babu surace dulal chhetri taking chhakka panja token of love from maha jodi

Photos: Ganesh Oli (Aashish)