Breaking: बन्ने भयो ‘दुई रुपैयाँ’को सिक्वेल, असोजमा रिलिज

Breaking: बन्ने भयो ‘दुई रुपैयाँ’को सिक्वेल, असोजमा रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षको सुपरहिट सिनेमा ‘दुई रुपैयाँ’को सिक्वेल बन्ने भएको छ । असिम शाहले नै निर्देशन गर्ने सिनेमालाई आगामी वर्षको असोज ५ मा रिलिज गरिने द सिनेमा टाइम्सलाई एक्सक्लुसिभ खबर प्राप्त भएको छ ।

सिनेमामा निश्चल बस्नेत र आशिफ शाहसहित ‘दुई रुपैयाँ’कै अधिकाँस कलाकार दोहरिने छन् । भने, केहि नयाँ कलाकारले पनि स्थान पाउनेछन् । सिनेमाको नाम ‘२ रुपैयाँ २’ हुनेछ, या अन्य कुनै हुनेछ, त्यो फाईनल भएको छैन । तर , ‘२ रुपैयाँ २’नै हुने सम्भावना प्रवल रहेको स्रोतले बताउछ ।

अहिले असिम र आसिफ सिनेमाको स्क्रिप्टमा व्यस्त छन् । निश्चल भने आफ्नै निर्देशनमा बन्ने ‘फनफनी’मा व्यस्त छन् ।

भदौ २३ गते प्रदर्शनमा आएको ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ गीतले युट्युबमा सर्वाधिक भ्युज बटुलेको थियो । जुन गीतलाई साढे ४ करोड बढीले हेरिसकेका छन् ।