बक्सअफिस: ‘टाइगर जिन्दा हे’देखि ‘प्याडम्यान’सम्म

बक्सअफिस: ‘टाइगर जिन्दा हे’देखि ‘प्याडम्यान’सम्म

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – वर्ष २०१८ बलिउड सिनेमाका लागि उत्साहजनक रुपमा सुरु भएको छ । डिसेम्बरमा रिलिज भएको ‘टाइगर जिन्दा हे’बाट सुरु भएको बक्सअफिस तुफान फेब्रुअरीसम्म रोकिएको छैन । फेब्रुअरी ९ मा रिलिज भएको ‘प्याडम्यान’ले समेत बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ ।

जनवरीमा ‘सेक्रेट सुपरस्टार’ले चाइनिज बक्सअफिसमा शिर्ष स्थान कायम गर्दा भारत र नेपालमा ‘पद्मावत’ले दर्शक बटुल्यो ।

टाइगर जिन्दा हे:

२२ डिसेम्बरमा रिलिज भएको ‘टाइगर जिन्दा हे’ले प्रदर्शनको ९ औं सातामा प्रवेश गर्दासम्म भारतमा मात्र ३ सय ३९ करोड १६ लाख नेट कमाई गरिसकेको छ । त्यस्तै विश्वव्यापी ५ सय ६० करोड ग्रस कलेक्सन पुर्याएको छ । १ सय ५० करोड भारुमा निर्मित सिनेमा २०१७ मा रिलिज भएको एक मात्र ब्लकबस्टर हो ।

अलि अब्बास जफर निर्देशित सिनेमामा सलमान खान र कट्रिना कैफको मुख्य भूमिका छ ।

सेक्रेट सुपरस्टार चिनमा चम्कियो:

भारतीय बक्सअफिसमा राम्रै व्यापार गरेको सिनेमा ‘सेक्रेट सुपरस्टार’ले चौथों सातासम्म चिनमा ७ सय ५० करोड बढी व्यापार गर्न सफल भएको छ । यो सँगै सिनेमाको विश्वव्यापी कलेक्सन ९ सय २३ करोड पुगेको छ । भारतमा सिनेमाले ६२ करोड नेट कलेक्सन गरेको थियो । भने, अन्य देशसहितको ग्रसबाट १ सय करोड माथि सिनेमाको कलेक्सन थियो ।

अद्वैत चौहान निर्देशित सिनेमामा आमिर खान, जाइरा वासिम, मेहर विजको मुख्य भूमिका छ ।

पद्मावत:

विवादका कारण भारतका ४ राज्यमा प्रतिबन्धित सिनेमा ‘पद्मावत’ले तिन सातामा २ सय ६८ करोडको व्यापार गर्न सफल भएको छ । २ सय करोडको भारी बजेटमा निर्माण भएको सिनेमाले लगानी उठाईसक्दा पनि व्यापारमा सुस्तता आएको छैन । चौथों सातामा पनि सिनेमाको कलेक्सन राम्रो रहेको छ ।

‘पद्मावत’ले अहिलेसम्म विश्वव्यापी ४ सय ९० करोड ग्रस कलेक्सन गरिसकेको छ । संजयलीला भन्साली निर्देशित सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण र साहिद कपूरको मुख्य भूमिका छ ।

‘प्याडम्यान’:

अक्षय कुमार स्टारर सिनेमा ‘प्याडम्यान’ले पहिलो साता ६२ करोड ८७ लाख नेट कमाई गरेको छ । यो कलेक्सनलाई बलिउड पण्डितहरुले राम्रो कमाई भनेका छन् । ७० करोड माथिको बजेटमा निर्मित सिनेमाले सय करोड क्लबमा प्रवेशको सम्भावना कायम राखेको छ ।

आर बल्की निर्देशित सिनेमामा अक्षयका अलावा राधिका अप्टे र सोनम कपूरको मुख्य भूमिका छ ।