रियल जोडीको रियल कथा, ‘बोबी’ टिजर रिलिज

रियल जोडीको रियल कथा, ‘बोबी’ टिजर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्स निर्मित एवं निर्देशित सिनेमा ‘बोबी’को टिजर रिलिज भएको छ । सत्यकथामा आधारित सिनेमामा रियल जोडी कविता गुरुङ र उमेश थापाको मुख्य भूमिका छ ।

दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र  ताराप्रकाश लिम्बुको संगीत रहेको छ । सिनेमाको रिलिज मिति तय भैसकेको छैन ।