‘ब्लाइन्ड रक्स’ हङकङ प्रिमियर, यस्तो छ प्रतिक्रिया

‘ब्लाइन्ड रक्स’ हङकङ प्रिमियर, यस्तो छ प्रतिक्रिया

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – ‘ब्लाइन्ड रक्स’ सिनेमा फागुन १८ गते नेपाल रिलिज हुदैछ । नेपाल रिलिजको १० दिन जति बाँकी रहँदा सिनेमा हङकङमा प्रिमियर भएको छ ।

नेपाली डायस्पोराले सोमबार गरेको प्रिमियरमा निर्माता निकेश लिम्बु सहभागि हुन् पुगेका थिए । प्रिमियर पश्चात सिनेमा हेरेका सबैले ‘ब्लाइन्ड रक्स’ राम्रो बनेको प्रतिक्रिया दिएको निकेशले जानकारी गराए । ‘हेर्नेमध्येका धेरैका आँखा रसाए’ उनले भने ‘ज्ञान र मनोरन्जनले दर्शकलाई बाँध्यो ।’

निर्माता लिम्बुलाई उक्त अवसरमा आयोजक संस्था नेपाल चलचित्र एसोसिएसनले सम्मान पनि गरेको थियो । ‘ब्लाइन्ड रक्स’ यसअघि लण्डनका दुई दर्जन शहरमा प्रदर्शन भैसकेको छ ।

मिलन चाम्स निर्देशित बायोपिकले किशोरावस्थामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवन बोल्छ । जुन भूमिका बेनिशा हमालले मुख्य भूमिका निर्वाह गरेकी छन् । सिनेमामा बेनिशाका अलावा गौरी मल्ल, अर्पण थापा, अनिल शाह लगायतले अभिनय गरेका छन् ।