विपिन स्टारर ‘नाका’ ट्रेलर रिलिज

विपिन स्टारर ‘नाका’ ट्रेलर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘नाका’को ट्रेलर रिलिज गरिएको छ । यसअघि सार्वजनिक गरिएको टिजरका कारण ‘नाका’को ट्रेलर प्रतीक्षामा थियो । प्रत्येक सिनेमामा भिन्न भूमिकामा देखिने विपिन कार्की ‘नाका’मा पनि भिन्न लाग्छन ।

नेपाल र चिन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोल्ने सिनमामा विपिनका अलवा रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय छ । अमित श्रेष्ठको लेखन/निर्देशन रहेको सिनेमाको पटकथा अभिषेक सुवेदीले तयार पारेका हुन ।

प्रविन टक्की कार्कीले लगानी गरेको सिनेमामा कार्यकारी निर्माताको रुपमा शिशिर गुरुङ र अमित श्रेष्ठ छन् । फाल्गुन १७ गतेबाट राजधानी बाहिर र १८ गतेबाट उपत्यका भित्र सिनेमा रिलिज हुनेछ ।

ट्रेलर रिलिज कार्यक्रममा (नाका) नामको भिडियो गेम पनि सार्वजिक गरिएको छ । जहाँ विपिनको ‘गोल्डी’ क्यारेक्टरलाई फिचर गरिएको छ । दर्शकका लागि भने सिनेमा रिलिज भएपछी मात्र उक्त गेम सार्वजनिक गरिनेछ ।