‘भुइँमान्छे’ र सिने पत्रकार बीचको भलिवल कसले जित्यो ? (फोटोफिचर)

‘भुइँमान्छे’ र सिने पत्रकार बीचको भलिवल कसले जित्यो ? (फोटोफिचर)

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘भुइँमान्छे’ र सिने पत्रकारहरुको मैत्रीपूर्ण भलिवल खेल सकिएको छ । जाउलाखेलस्थित राष्ट्रिय भलिवल प्रशिक्षण कोर्टमा आयोजना भएको खेलमा ‘भुइँमान्छे’ टिमले सिने पत्रकारलाई ३-१ को सेटमा हरायो ।

बेस्ट अफ फाइभमा खेलाइएको पहिलो सेट २५-१० ले ‘भुइँमान्छे’ टिमको पक्षमा पर्यो । त्यस्तै पहिलो सेटमा राम्रो खेल्न नसकेको सिने पत्रकारले दोस्रो सेटमा सुधारिएको खेल खेल्दा खेल्दै पनि २५-२० ले पुन: पछाडी पर्यो । तर, तेस्रो सेटमा सिने पत्रकारले राम्रो प्रस्तुति दिदै पुनरागमन गर्न सफल भयो । तेस्रो सेट २५-१६ ले आफ्नो पोल्टामा पारेको सिने पत्रकार चौथों सेटमा हार्दै नतिजा सुम्पिन बाध्य भयो ।

निकै प्रतिस्धात्मक चौथों सेट ‘भुइँमान्छे’ टिमले २५-२३ ले जित्यो । भलिवल राष्ट्रिय टोलि कप्तान विनिता बुढाथोकीसंगै स्पाइकरहरु सरस्वति चौधरी , नेबिका चौधरीसंगै सिपोराले ‘भुइँमान्छे’ युनिटको कप्तानी सम्हालेकी थिइन् । साथै यो टिमबाट अभिनेता रमेश बुढाथोकी पनि मैदानमा उत्रदा खेल रोमान्चक बनेको थियो । त्यस्तै पत्रकार टिमको कप्तानी चलचित्र पत्रकार संघका संगठन उपाध्यक्ष दिनेश सिटौला सम्हालेका थिए । सुशील पौडेल, दिप्सन लुइँटेल, समीर बलामी, उद्दव रसाईली, आकाश खड्का, सिपी जैसी, सन्तोषकुमार थापा लगायतका पत्रकारहरु मैदानमा उत्रिएका थिए ।

भदौ २ गते प्रदर्शनमा आउँन लागेको ‘भुइँमान्छे’मा सिपोरा गुरुङ, रमेश बुढाथोकी, सहिन प्रजापति, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । लास चिर्ने मान्छेको मनोबिज्ञानमा आधारित सिनेमालाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् ।