किन छोडिन वर्षाले ‘नाई नभन्नु ल ५’ ?

किन छोडिन वर्षाले ‘नाई नभन्नु ल ५’ ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – ‘नाई नभन्नु ल’ फ्रेन्चाइजको पाँचौ सिरिज ‘नाई नभन्नु ल ५’को अफर वर्षा सिवाकोटीले अस्विकार गरेकी छन् ।

बिकासराज आचार्यले निर्माण तथा निर्देशन गर्ने सिनेमामा दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का, बुद्दी तामाङ, अनुभव रेग्मी, सेड्रीना शर्मा, अभिषेक नेपाल, जयनन्द लामा, उत्तम केसी लगायतका कलाकार फाइनल भैसकेका छन् । हिट ब्राण्डबाट वर्षाले हात झिक्नुको कारण के थियो त ?

वर्षा भनिन् ‘सिनेमामा मलाई स्वस्तिमा खड्काको ‘फुपू’को भूमिकामा अफर गरिएको थियो । आफ्नै उमेरको अभिनेत्रीको ‘फुपू’ बन्न मलाई असहज लागेपछी मैले बिकास सरसँग नम्रता पुर्वक ‘नाई नभन्नु ल ५’ गर्दिन भनेकी हु ।’ अहिले सिनेमा ‘जय शम्भू’को छायाँकनमा व्यस्त रहेकी बर्षाले ‘नाई नभन्नु ल ५’ छोड्नुको अर्को कारण समय नमिल्नु पनि बताइन ।

स्मरण रहोस् वर्षाले ‘नाई नभन्नु ल २’मा छोटो भूमिका निर्वाह गरेकी थिइन् ।

मिलन चाम्सको ‘वीर बिक्रम २’मा पनि अनुबन्धित भैसकेकी बर्षाको ‘भैरे’ प्रदर्शनको क्रममा छ ।