चिनमा सलमानको राम्रो सुरुवात, तर…!

चिनमा सलमानको राम्रो सुरुवात, तर…!

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘बजरंगी भाइजान’ले चाइनिज बक्सअफिसको बाटो राम्रै कमाईका साथ सुरु गरेको छ । तर, यो सलमानका लागि उत्साहजनक भने होइन । मार्च २ चाइनिज बक्सअफिसमा इन्ट्री गरेको सिनेमाले पहिलो दिन २ दशमलब २४ मिलियन अमेरिकी डलर कमाउन सफल भयो ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले पहिलो दिनको कमाईलाई ‘हेल्दी नम्बर’ लेखेका छन् । २.२४ मिलियन अमेरिकी डलरको भारतीय १४.६१ करोड हुन् आउँछ । यो कलेक्सन ‘सेक्रेट सुपरस्टार’को भन्दा ३ गुणा कम हो । ‘सेक्रेट सुपरस्टार’ले चाइनिज बक्सअफिसमा पहिलो दिन ६.७९ मिलियन (४३.३५ करोड भारतीय)को कमाई गरेको थियो ।

चिनमा यसअघिसम्म बलिउडबाट आमिर खानका सिनेमा मात्र प्रदर्शन भएका थिए । सलमान खानका लागि भने ‘बजरंगी भाइजान’ डेब्यु सिनेमा हो । ‘बजरंगी भाइजान’ भारतमा रिलिज भएको झन्डै ३० महिना पछी चिनमा रिलिज भएको हो । २०१५ मा भारतमा रिलिज भएको यस सिनेमाले विश्वव्यापी ६ सय २६ करोड र भारतमा मात्र ४ सय ३२ करोड ग्रस कलेक्सन गरेको थियो । यसको भारतमा नेट कलेक्सन ३ सय २० करोड छ ।

यो शुक्रबार विश्वभरबाट चिनमा रिलिज भएका सिनेमाहरु मध्येको कलेक्सनमा ‘बजरंगी’ भाइजान’को ७ नम्बरमा छ । यो साता ‘बजरंगी भाइजान’सँगै ५ फ्रेस सिनेमा चाइनिज बक्सअफिसमा रिलिज भएका थिए ।

कबिर खान निर्देशित ‘बजरंगी भाइजान’लाई भारतसँगै नेपालमा पनि अत्याधिक रुचाईएको थियो । सिनेमामा सलमानसँगै हर्शाली मलहोत्रा, करीना कपूर खान, नवाजुद्दीन सिद्दिकी, मेहर विज, ओम पुरी लगायतका कलाकारको अभिनय छ ।