चिन रिलिज: दुई सातामा कति कमायो ‘बजरंगी भाइजान’ले ?

चिन रिलिज: दुई सातामा कति कमायो ‘बजरंगी भाइजान’ले ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘बजरंगी भाइजान’ले चाइनिज बक्सअफिसमा २ सय करोड बढी कमाई गरेको छ ।

प्रदर्शनको दोस्रो साता पुरा हुँदा सिनेमाले ग्रस कलेक्सन २ सय १ करोड पुर्याएको छ । यो कलेक्सनलाई बलिउड ट्रेड एनलिस्टहरुले राम्रो भनेका छन् । तर, बलिउड सिनेमाको लागि यो कलेक्सन उत्कृष्ट भने होइन । यसअघि रिलिज भएको आमिर खानको ‘सेक्रेट सुपरस्टार’ले पहिलो सातानै २ सय करोडको आँकडा पार गरेको थियो ।

कबिर खान निर्देशित सिनेमाको ‘वर्ड अफ माउथ’ राम्रो भएकाले यसको दुई सातासम्मको कलेक्सनमा धेरै तलमाथि छैन । सिनेमाले चिनमा ३ सय करोड माथि कमाउने अनुमान गरिएको छ । सिनेमामा सलमानसँगै हर्शाली मलहोत्रा, करीना कपूर खान, नवाजुद्दीन सिद्दिकी, मेहर विज, ओम पुरी लगायतका कलाकारको अभिनय छ ।