‘बाघी २’ रिलिज नहुँदै ‘बाघी ३’ घोषणा

‘बाघी २’ रिलिज नहुँदै ‘बाघी ३’ घोषणा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – टाइगर श्रोफ अभिनित ‘बाघी २’ रिलिज नहुँदै यसको अर्को सिरिज ‘बाघी ३’को अफिसियल घोषणा गरिएको छ ।

नाडियडवाला ग्राण्डसनको अफिसियल ट्वीटर अकाउन्टबाट सिनेमाको घोषणासँगै यसको लिड कास्ट र निर्देशक पनि फाईनल भएका छन् । टाइगरनै मुख्य भूमिका रहने ‘बाघी ३’लाई ‘२’का निर्देशक अहमद खानले निर्देशन गर्नेछन् । सिनेमाको लागि मुख्य अभिनेत्री भने टुंगो लागेकी छैनन् ।

 

सिनेमामा साजिद नाडियडवालाको लगानी रहनेछ । ‘बाघी’ र ‘बाघी २’को निर्माण पनि साजिदले नै गरेका हुन् । २०१६ मा प्रदर्शन भएको ‘बाघी’लाई दर्शकले अत्याधिक रुचाएका थिए ।

‘बाघी २’ मार्च ३० मा प्रदर्शन हुदैछ । जहाँ टाइगरको अपोजिट दिसा पटानीले मुख्य भूमिका निर्वाह गरेकी छन् । सिनेमामा रणदीप हुड्डा र मनोज बाजपाईको पनि मुख्य भूमिका छ ।