लगनगाँठोमा अशिष्मा

लगनगाँठोमा अशिष्मा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमाकी अभिनेत्री अशिष्मा नकर्मीले लगनगाँठो कसेकी छन् । सोमबार बानेश्वरका नविन प्रधानसँग यी सुन्दर अभिनेत्रीले लगनगाँठो कसिन ।

चार्टर्ड अकाउन्टेन नविन अमेरिकामा बस्छन । मिडियामा प्रेम सम्वन्धका कुराहरु त्यति नआएपनि अशिष्माले सबैलाई सरप्राइज दिदै विवाह गरिन् । स्रोतका अनुसार अशिष्माको यो मागी विवाह हो । नविनसँग चिनजान भएको १ सातामै अशिष्माले लगनगाँठो कसेकी हुन् । अशिष्माले आजै सिनेकर्मीहरुलाई विहेभोजको निमन्त्रणा दिएकी छन् ।

नेपाली सिनेमा ‘अन्तराल’बाट डेब्यु गरेकी अशिष्माको सिने करियर एभरेज रह्यो । ‘तोरी लाउरे’, ‘अर्धकट्टी’, ‘लभ यु बाबा’, ‘बाटो मुनिको फुल २’ ‘मेला’, ‘संरक्षण’, ‘राधे’जस्ता सिनेमामा अभिनय गरिसकेकी छन् ।

अशिष्मालाई सफल दाम्पत्यजीवनको शुभकामना