‘परी’ ट्रेलर: अनुष्काको रुप हेरेर विराटको यस्तो ट्वीट !

‘परी’ ट्रेलर: अनुष्काको रुप हेरेर विराटको यस्तो ट्वीट !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – अनुष्का शर्मा स्टारर सिनेमा ‘परी’को ट्रेलर रिलिज भएको छ । यस हरर थ्रिलर सिनेमाको ट्रेलर हेरेपछी भारतीय मिडियाहरुले बलिउडमा हरर सिनेमाको नयाँ आयाम आएको लेखेका छन् । की, ट्रेलर अहिलेसम्मकै भिन्न बनेको छ ।

सिनेमामा अनुष्का पहिलो पटक डरलाग्दो अवतारमा प्रस्तुत भएकी छन् । पति विराट कोहलीले सिनेमा ट्रेलर ट्वीटरमा शेयर गर्दै लेखेका छन् ‘मैले मेरी अनुष्कालाई यसअघि कहिले पनि यस्तो अवतारमा देखेको थिएन । मेरो होस् पहिले नै उडिसकेको थियो । अब म प्रतिक्षा गर्न सक्दैन ।’

 

यसअघि ‘परी’को टिजर र पोस्टर सार्वजनिक भैसकेका थिए । जसले गर्दा ‘परी’ ट्रेलर प्रतिक्षित थियो । सिनेमामा अनुष्काको दोहोरो भूमिका रहेको छ ।

प्रोसित रोय निर्देशित सिनेमा मार्च २ मा होलिको अवसर पारेर रिलिज हुदैछ । अनुष्का र उनका भाई कर्नेश शर्माले आफ्नै होमप्रोडक्सनबाट निर्माण गरेको सिनेमामा अनुष्काका अलावा परमब्रत चट्टेर्जी र रजत कपूरको मुख्य भूमिका छ ।

अनुष्काले आफ्नै होमप्रोडक्सन ‘क्लिन स्टेट फिल्मस्’बाट ‘एनएच १०’, र ‘फिलौरी’ निर्माण गरिसकेकी छन् ।