अजय र इलियानाको रेड ट्रेलर रिलिज (भिडियो) द सिनेमा टाइम्स काठमाण्डौ –बलिउड अभिनेता अजय देवगन र अभिनेत्री इलियाना डिक्रुज एक पटक फेरी सँगै पर्दामा देखिएका छन । उनिहरुलाई पछिल्लो सिनेमा ‘बादशाहो’मा संगै देखिएका थिए । भारतको उत्तर प्रदेशको एक सत्य घटनामा आधारित सिनेमाको ट्रेलरमा अजय र इलियाना क्लासिक लुक्समा देखिएका छन । उत्तर प्रदेशको लखनउमा रेड हान्ने एक घटनामा आधारित सिनेमालाई दर्शकले मार्च १६ मा हेर्न पाउनेछन । यो सिनेमालाई राजकुमार गुप्ताले निर्देशन गरेका हुन ।