सिड्नीमा ‘ए मेरो हजुर २’लाई दर्शकको उल्लेख्य साथ

सिड्नीमा ‘ए मेरो हजुर २’लाई दर्शकको उल्लेख्य साथ

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाल रिलिजमा दर्शक र समिक्षकबाट सकारात्मक साथ पाएको सिनेमा ‘ए मेरो हजुर २’को सिड्नी प्रिमियर सकिएको छ । बरउडस्थित इभेन्ट सिनेमामा गरिएको शो मा ‘ए मेरो हजुर २’ले दर्शकको उल्लेख्य साथ र माया पायो ।

सिनेमाको शोको लागि नेपालबाट निर्देशक झरना थापा र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सिड्नी पुगेका थिए । रातो ड्रेसमा रेड कार्पेट नापेकी साम्राज्ञीको पहिरनले अहिले चर्चा पाईरहेको छ । शो पश्चात दर्शकले निर्देशक र अभिनेत्रीलाई राम्रो सिनेमा देखाएकोमा बधाई दिए ।

अस्ट्रेलिया प्रदर्शनको सिड्नी पश्चात तास्मानियामा नोभेम्बर २६, ब्रिसबेनमा नोभेम्बर २८ र मेलबर्नमा डिसेम्बर २ तारिखका दिन ‘ए मेरो हजुर २’को प्रदर्शन सेड्युल रहेको छ । अस्ट्रेलिया शोज पश्चात झरना र साम्राज्ञी डिसेम्बर पहिलो साता नेपाल फिर्नेछन् ।

सुनिलकुमार थापाले निर्माण गरेको सिनेमामा साम्राज्ञीका अलावा सलिनमान बनियाँ, सलोन बस्नेत, बुद्दी तामाङ, अनुभव रेग्मी, अम्बर सुवेदी, अनुराग कुँवर लगायतका कलाकारको अभिनय छ ।