‘ए मेरो हजुर २’को आक्रामक व्यापार, पहिलो दिनको कलेक्सन कति ?

‘ए मेरो हजुर २’को आक्रामक व्यापार, पहिलो दिनको कलेक्सन कति ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर २’ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको छ । शुक्रबार देशका सिंगलमा हाउसफुल र मल्टीप्लेक्समा ९० प्रतिशत सिट कब्जा गरेको ‘ए मेरो हजुर २’ले शनिबार विहानी शोमा दुवै तर्फ हाउसफुलको व्यापार गरेको छ ।

शनिबारको लागि मल्टीप्लेक्सका अधिकाँस शो शुक्रबार नै सोल्डआउट भैसकेका छन् । सिंगल स्क्रिन तर्फ पनि विहानी शो सबै हाउसफुल भएका छन् । राजधानीका गोपीकृष्ण र अष्टनारायण हलको विहानका ४/४ पर्दा भरिएका छन् । गुण, गंगा, कलंकी लगायतका हलमा दर्शकको थामीनसक्नु भिड छ । राजधानीका वितरक गोविन्द शाहीले जानकारी दिए । यो वर्षकै आक्रामक दर्शक संख्या हो । शाहीले थपे । शनिबार मल्टीप्लेक्समा दिउँसोसम्मका शो सोल्डआउट भैसकेका छन् । र, बेलुकी शोको लागि पनि आक्रामक रुपमा टिकट बुक भैरहेका छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् । सिनेमाले अग्रिम हल संख्यामा बलिउडको अजय देवगन स्टारर ‘बादशाहो’लाई उछिनेको छ ।

शुक्रबारको कलेक्सन 

‘ए मेरो हजुर २’ले शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको छ । गोविन्द शाहीले दिएको जानकारी अनुसार सिनेमाले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार कलेक्सन गरेको छ । त्यस्तै मोफसल वितरक केदार पराजुलीका अनुसार सिनेमाले राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन गरेको छ । सिनेमाको पहिलो दिनको कुल कलेक्सन ७८ लाख ७१ हजार हुन् आउछ । शनिबार सार्वजनिक विदाको कारण सिनेमाको कलेक्सन करोड माथि पुग्ने आँकलन छ ।