AMH2: विहानी शोमा गोपीकृष्णका ४ पर्दा हाउसफुल, मल्टीप्लेक्समा ८०% अकुपेन्सी

AMH2: विहानी शोमा गोपीकृष्णका ४ पर्दा हाउसफुल, मल्टीप्लेक्समा ८०% अकुपेन्सी

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर’ले पहिलो दिनको विहानी शोमा आक्रामक ओपनिङ गरेको छ । देशभरका ९० बढी सिनेमा घरबाट प्रदर्शनमा आएको सिनेमाले विहानी शोमा हाउसफुलको व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ ।

‘राजधानीको गोपीकृष्ण मुभिजका ७ पर्दा मध्ये ‘ए मेरो हजुर २’का दर्शकले विहानी शोमा ४ पर्दा हाउसफुल भएका छन् ।’ राजधानीका वितरक गोविन्द शाहीले बताए । ‘गोपीकृष्णमा विहान-विहानै दर्शकको मेला लागेको थियो । दिउसोको शोमा अझै दर्शक बढ्ने छन् ।’ शाहीले हौसिदै जानकारी दिए ।

राजधानीमा मल्टीप्लेक्समा सर्वाधिक शोज पाएको ‘ए मेरो हजुर २’ले विहानी शोमा ८० प्रतिशत बढी दर्शकको साथ पाएको छ । झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमाले विहिबारको प्रिमियरबाट तारिफ बटुलेको थियो । निक्कै प्रतिक्षा गरिएको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् । सिनेमाले अग्रिम हल संख्यामा बलिउडको अजय देवगन स्टारर ‘बादशाहो’लाई उछिनेको छ ।