‘ए मेरो हजुर २’ एक हप्ते कमाई अग्रस्थानमा !

‘ए मेरो हजुर २’ एक हप्ते कमाई अग्रस्थानमा !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । गत शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘ए मेरो हजुर २’ले पहिलो साता बक्सअफिसमा उत्साहजनक कलेक्सन गरेको छ । पहिलो तिन दिनमा ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गरेको सिनेमाले बाँकी ४ दिनमा १ करोड ५९ लाख ४३ हजार कलेक्सन गर्यो । ‘ए मेरो हजुर २’ले बलिउड र हलिउड सिनेमालाई पहिलो साताको कमाईमा उछिनेको छ ।

पहिलो साताको कमाईबाट सिनेमाले लगानी सुरक्षित गरिसकेको छ । पछिल्लो ४ दिनमा सिनेमाले राजधानीबाट क्रमस… २५ लाख १५ हजार, ३० लाख १५ हजार, १८ लाख ५५ हजार, र १६ लाख कलेक्सन गर्यो । त्यस्तै राजधानी बाहिरबाट क्रमस… २१ लाख २५ हजार, १९ लाख २८ हजार, १५ लाख ५ हजार र साताको अन्तिम दिनमा १४ लाख ग्रस कलेक्सन गर्न सफल भयो ।

यो हिसाबमा ‘ए मरो हजुर २’ले पहिलो साता देशभरबाट ५ करोड २ लाख ८४ हजार कलेक्सन गर्न सफल भएको छ । दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको सिनेमाले दोस्रो साता पनि राम्रो व्यापार गर्ने छनक देखाएको छ । दोस्रो सातामा एक मात्र नेपाली सिनेमा रिलिज हुँदा यसको फाईदा ‘ए मेरो हजुर २’लाई पनि पर्ने देखिएको छ । दोस्रो सातामा सिनेमाको ३० प्रतिशत मात्र शो कटौती भएका छन् ।

झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा हरिहर अधिकारीको कथा, सामिप्यराज तिमिल्सिनाको पटकथा र संजय लामाको छायाँकन छ ।