बरुणको ‘अक्टुबर’ ट्रेलर रिलिज

बरुणको ‘अक्टुबर’ ट्रेलर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बरुण धवन स्टारर सिनेमा ‘अक्टुबर’को ट्रेलर रिलिज भएको छ । प्राय: चुलबुले भूमिकामा रुचाईएका बरुण ‘अक्टुबर’मा भने सालिन स्वभावमा देखिएका छन् । सिनेमामा बरुण होटल म्यानेजमेन्टको विद्यार्थीको भूमिकामा छन् ।

सिनेमा एक प्रेमकथा हो । तर, यसको प्रस्तुति हेर्दा त्यस्तो लाग्दैन । निर्माण पक्षले यसलाई एक नयाँ ‘साइलेन्स लभ स्टोरी’ भनेका छन् । यहिँ सिनेमाबाट मोडल बनिता संथुले डेब्यु गर्दैछिन् । शूजित सरकार निर्देशित सिनेमा अप्रिल १३ आ रिलिज हुदैछ ।