आसुसेनको लघु सिनेमा प्रतियोगिता घोषणा

आसुसेनको लघु सिनेमा प्रतियोगिता घोषणा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – दुई चरणमा सम्पन्न गर्ने गरि आसुसेन फिल्मस्ले (एएसएफ) ओपन लघु सिनेमा प्रतियोगिता घोषणा गरेको छ ।

‘सबै कथा आफैमा उत्कृष्ट हुन्छन्, कथाहरुले कसैको सम्झना बोकेका हुन्छन्, मानिसका भावना देखि इतिहाँसका गाथा सबै कथामै भेटिन्छन ।’ भन्ने मूल नाराका साथ सुरुवात गरिएको प्रतियोगिता आगामी दिनमा पनि निरन्तर रुपमा आयोजना गरिने आसुसेन फिल्मस्ले बताएको छ ।

दुई चरणमा हुने प्रतियोगितामा स्क्रिप्ट र स्टोरीलाइन बीच प्रतिस्प्रधा हुनेछ ।

पहिलो चरण: प्रतियोगितामा भाग लिन चाहनेले फागुन १ गतेसम्म आसुसेन फिल्मस्को मेल ‘[email protected]‘मा आफ्नो स्क्रिप्ट पठाई सक्नु पर्नेछ । यो चरणको नतिजा फागुन १५ गते निकालिने छ । नेपालका चर्चित लेखकसहित आसुसेन फिल्मसका कर्मचारी निर्णायक रहने चरणबाट उत्कृष्ट १० स्क्रिप्ट छानिनेछन् । र, सिनेमा निर्माणका लागी उत्कृष्ट १० लाई जनही २५ हजार प्रदान गरिनेछ ।

दोस्रो चरण: यो चरणमा उत्कृष्ट १० स्क्रिप्टलाई सिनेमा बनाउन २ महिनाको समयसिमा छुट्टयाईएको छ । यो विचमा प्रतियोगीहरुलाई सिनेमा निर्माण सम्वन्धि तालिम पनि दिइने आयोजकले बताएको छ । उत्कृष्ट १० ले २०७५ बैशाख १५ सम्म सिनेमा बुझाइसके पछी युट्युबमा अपलोड गरिनेछ ।

भदौ १५ गते निर्णायक टोलिले विजेता घोषणा गरेसँगै पाँच विधामा अवार्ड वितरण गरिनेछ । युट्युबमा सर्वाधिक हेरिने सिनेमालाई ‘पिपुल्स च्वाइस’ अन्य उत्कृष्ट कलाकार, उत्कृष्ट पटकथा, उत्कृष्ट निर्देशक र उत्कृष्ट सिनेमा घोषणा गरेसँगै पहिलो प्रतियोगिता सम्पन्न हुनेछ । उल्लेखित विधामा विजेता हुनेलाई आसुसेन फिल्मस्को आगामी सिनेमामा काम गर्ने मौका दिईने आयोजकले उल्लेख गरेको छ ।