जन्मदिनमा आमिरले खोले इन्स्टा अकाउन्ट

जन्मदिनमा आमिरले खोले इन्स्टा अकाउन्ट

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड ‘मिस्टर पर्फेक्टस्निस्ट’ आमिर खानले ५३ औं जन्मदिनको अवसरमा इन्स्टाग्राम चलाउन सुरु गरेका छन् ।

जन्मदिनको अवसरमा अनलाइन फोटो सेयारिङ संजाल इन्स्टामा आमिरले पहिलो पोस्टस्वरूप आमा जीनत हुसेनको फोटो शेयर गरे । भेरिफाईड अकाउन्ट खोलेको एक दिन भित्र आमिरका फ्लोअर्स ४ लाख ८६ हजार बढी पुगेका छन् ।

बलिउडका तिन खानमा आमिर कान्छा इन्स्टा युजर बनेका छन् । आमिरले यो समाचार तयार गर्दासम्म कसैलाई पनि फलो गरका छैनन् ।

इन्स्टामा सलमान खानका १४.९ मिलियन फ्लोअर्स, शाहरुख खानका ११.९ मिलियन फ्लोअर्स र अमिताभ बच्चनका ७.८ मिलियन फ्लोअर्स रहेका छन् ।