‘राते काईला’ अब ‘शेरबहादुर’ !

‘राते काईला’ अब ‘शेरबहादुर’ !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेता सुनिल थापा पछिल्लो समय नेपाली सिनेमामा त्यति सक्रिय छैनन् । नेपाली सिनेमामा चरित्र अभिनेताको रुपमा छुट्टै किसिमको छाप छोडिसकेका सुनिललाई ‘राते काईला’को नामबाट पनि चिनिन्छ ।

केहि बर्ष अगाडी बलिउड सिनेमामा समेत अभिनय गरेका ‘राते काईला’ नेपाली सिनेमा खेल्न यति बेला मुम्बईबाट नेपाल आईपुगेका छन्। यिनै ‘राते काईला’लाई मुख्य भूमिकामा प्रस्तुत गरिने सिनेमा ‘शेरबहादुर’को राजधानीमा शुभमुर्हत गरिएको छ ।

आर राजवंशीले निर्देशन गर्ने सिनेमाको नाम प्रधानमन्त्री शेरबहादुर देउवासँग मिल्न गएपनि, उनको जीवनी नरहेको बताइएको छ । सिनेमामा कर्म शाक्य र मेनुका प्रधानको पनि अभिनय रहनेछ । यी दुई एसअघि ‘महानगर’ नामक सिनेमामा पनि अनुवन्धित भैसकेका छन् । त्यस्तै ‘शेरबहादुर’मा रविन्द्र झाको समेत अभिनय रहनेछ ।

गौरशंकर धुजु र धिरज राजवंशीको लगानी रहने सिनेमाको १० प्रतिशत छायाँकन आउटडोर र बाँकी छायाँकन भव्य सेट लगाएर गरिने बताइएको छ ।