पर्व’को भव्य प्रियिमर, उत्कृष्ट प्रस्तुतीको प्रशंसा

पर्व’को भव्य प्रियिमर, उत्कृष्ट प्रस्तुतीको प्रशंसा

The Cinema Times

काले दाई काले दाई’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र ‘पर्व’को काठमाण्डौको बिग मुभिजमा भव्य प्रिमियर गरिएको छ । जेठ १२ गते शुक्रबारबाट रिलिज हुने यो चलचित्रको प्रिमियरमा  सहभागि हुन बिहिबार बेलुकि बीग मुभिजमा चलचित्रकर्मी, पत्रकार, व्यवसायीहरुको भीड लागेको थियो ।

टीभी फिल्मी र सुवास इन्टरटेन्मेन्टले मिलेर बनाएको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । निकिता पौडेल र सुवास गिरी यसका निर्माता हुन् ।

चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । राजेश श्रेष्ठले खिचेको चलचित्रमा कोशिशकै कथा छ ।

चलचित्र ‘पर्व’ हेरिसकेपछि अधिकांश दर्शकले यसको कथावस्तु, प्रस्तुती, छायांकन र ब्याकग्राउन्ड म्यूजिक र निर्देशनको प्रशंसा  गरेका थिए ।
अधिकांशले चलचित्रको कथावस्तु नयाँ भएको भन्दै दर्शकलाई मुटु दरिलो बनाएर हलमा जान आग्रह गरे ।