किन हेर्नु पर्छ ‘धनपति’ ?

किन हेर्नु पर्छ ‘धनपति’ ?

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपति द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर बसेको छ । गर्जो टार्नका लागि सानो रेष्टुरेन्टमा काम गर्ने अलावा उसंग अन्य आयस्रोत छैन । इमान बेच्न नचाहने स्वाभिमानी छ । छोरीलाई बोर्डिङ स्कुलमा पढाउन चाहन्छ । फिल्मको मुख्य पात्र ‘धनपति’ के शहरमा स्वाभिमानको जिन्दगी बाँच्न पाउला ? यो कथा दिपेन्द्र के खनाल र खगेन्द्र लामिछानेको सहकार्यमा बनेको फिल्म धनपतिको हो ।

आफ्नो स्वाभिमानमा अडिग ‘धनपति‘ले सहरमा के कस्ता संघर्ष गर्नु पर्ला ? यदि तपाईलाई ‘धनपति‘को संघर्ष र स्वभिमानलाई नजिकबाट नियाल्न मन छ भने, उ असार २३ गते नेपालभरका हलमा सपरिवार उपस्थित हुदैछ । बर्तमान दर्शक माझ लोकप्रिय यो जोडीले यसअघि मौलिक स्वादको ‘पशुपती प्रसाद’ प्रस्तुत गरिसकेको छ । ‘पशुपती प्रसाद’बाट दर्शकमा मनमा राज गर्न सफल भएका यी दुई फिल्मकर्मीको सहकार्यलाई दर्शकले प्रथामिकताका साथ हेरेका छन् ।

र, फिल्मका लेखक तथा अभिनेता यो कुरालाई स्वीकार्दै ‘धनपति‘ हेर्नलाई आग्रह गर्छन । खगेन्द्र भन्छन ‘’पशुपति प्रसाद’ हेरिसक्नु भएका दर्शकले मबाट अलि बढी अपेक्षा राख्नुलाई मैले स्वभाविक रुपमा लिन्छु । मलाई विश्वास छ । दर्शकको त्यो अपेक्षालाई ‘धनपति’ले पुरा गर्नेछ ।’

युट्युबमा प्रचार सामग्री स्वरूप मोसन पोस्टर सार्वजनिक गरेका निर्देशक खनाल यसो भन्छन ‘मेरो फिल्मी जीवनमा सबैभन्दा बढी दुःख गरेर बनाएको फिल्म ‘धनपति’ हो । दर्शकले फिल्म हेर्दा रियल लोकेशनमा कसरी खिचे होलान, यो फिल्म भनेर आँखा ठूला ठूला बनाउनु हुनेछ ।’ दिपेन्द्रले यो फिल्ममा पहिलो पटक छायाँकारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् । त्यसैले पनी निर्देशकका लागी यो फिल्मले कती महत्व राख्छ भनेर भन्नु नपर्ला ।

खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे आदी कलाकारको अभिनय रहेको फिल्मलाई टुकी आर्टसको व्यानरमा रोजिना सिटौलाले निर्माण गरेकी हुन् ।

यस्तो छ फिल्मको पहिलो मुहार:-