‘बक्स अफिस फिल्म फेयर अवार्ड’ बेलायतमा हुने

‘बक्स अफिस फिल्म फेयर अवार्ड’ बेलायतमा हुने

The Cinema Times

प्रत्येक वर्ष अलग अलग देशमा हुँदै आएको ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ यस वर्ष बेलायतमा हुने भएको छ । थर्ड आई नामक संस्थाले आगामी जुलाई १ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्न लागेकोजानकारी दिएको छ ।

लन्डनमा पत्रकार सम्मेलन गर्दै आयोजक थर्ड आईका विकास देवकोटाले ०७३ सालभर प्रदर्शन भएका करिब ९० नेपाली चलचित्रबाट ३२ विधामा अवार्ड दिइने जानकारी दिए । अवार्डका लागि उत्कृष्ट गीत, संगीत, नृत्य,  गीतकार र संगीतकारको मनोनयन र छनोट प्रक्रिया लन्डनबाट र अन्य विद्यामा मनोनयन र छनोट नेपालबाटै गरिने देवकोटाले बताए । अवार्डका लागि वरिष्ठ फिल्म अभिनेता निर शाह, शिव श्रेष्ठ, भुवन केसी, करिष्मा मानन्धर, प्रियंकाकार्की, स्वेता खड्का, दीपकराज गिरी, दीपाश्री निरौला लगायतका ४० भन्दा बढी कलाकार बेलायत आउने   देवकोटाले जानकारी गराए ।

यता जुलाइमा हुने अवार्डका अध्यक्ष रामबहादुर सुवेदी (आर.के)ले अवार्डका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गर्न लागिपरेको बताए । उनले जेठ २९ गते हायात रिजेन्सीमा युके अवार्डको नोमिनेसन सार्वजनिक गर्ने बताए । नेपालबाट जुन–२८ तारिखको दिन टोली बेलायत जाने जानकारी दिए ।