आशिष तथा रेवती बन्ने भए ‘समर लभ’का अतित र साया

आशिष तथा रेवती बन्ने भए ‘समर लभ’का अतित र साया

The Cinema Times

शीर्ष दुई पात्रका लागि सुहाउँदो कलाकर नभेटिएपछि विगत २ वर्षदेखी निर्माण हुने चर्चा चलेको ‘समर लभ’ उपयूक्त पात्र भेटिएपछि निर्माण हुने पक्का भएको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा चर्चित युवा लेखक सुविन भट्टराई कृत लभ-फिक्सन ‘समर लभ’का मुख्य पात्र अतित र सायाको भूमिकामा अभिनय गर्ने आशिष पिया एवं रेवती क्षेत्रीलाई प्रेससामु पेस गर्दै फिल्म वैशाखबाट फ्लोरमा जाने जानकारी दिइयो।

कार्यक्रममा उपन्यासका लेखक सुविन उपस्थित थिए। फिल्मलाई ‘नाईं नभन्नू ल ३’ निर्देशक मुस्कान ढकालले निर्देशन गर्नेछन्। काठमाडौं, पोखरा, धनगढीमा छायाँकन हुने भनिएको फिल्मका केहि दृश्य विदेशमा पनि खिचिनेछ।

केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिषको लागी यो फिल्म डेब्यू हुनेछ भने रेवती २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवतीले यसअघि नै ‘ग्याङ्ग अफ नर्थवेस्ट’ नामको भारतिय फिल्म गरिसकेकी छिन् भने ‘खातुन’ नामको फिल्म समेत गर्दैछिन्।

नेपाललाई मामाघर सम्झिने रेवतीले ‘समर लभ’ पुर्णत: पढेको र निकै मन परेको भन्दै यसको मुख्य पात्र निभाउन पाएकोमा खुशी रहेको बताइन्।

उपन्यासका लेखक भट्टराई फिल्म निर्माण टिममाथी भरोसा रहेकाले आफ्नो कृतिलाई फिल्मको रूप दिन अनुमति दिएको बताए। फिल्मको संवाद लेखनमा उनले फिल्मका पटकथाकारसमेत रहेका सामिप्य राज तिमल्सेनासँग सहकार्य गरेका छन्।