मलाई ब्रेकअपबाट निस्कन ७ दिन मात्र लाग्छ: कंगना

मलाई ब्रेकअपबाट निस्कन ७ दिन मात्र लाग्छ: कंगना

The Cinema Times

बोल्ड बलिउड अभिनेत्री कंगना फिल्मको पर्दामा जति बोल्ड छिन्, सार्वजनिकरूपमा पनि उनको छवि त्यो भन्दा परक छैन्। विभिन्न समयमा विभिन्न अभिनेतासँग नाम जोडिएकी कंगनाले ब्रेकअपबाट निस्कन उनलाई सात दिन भन्दा बढि समय नलाग्ने बताएकी छन्।

‘कुने पनि सम्बन्धबाट बाहिर निस्कन मलाफ ७ दिन लाग्छ, भलै त्यो सम्बन्ध ७ वर्ष पुरानो नै किन नहोस्’, कंगनाले भनिन्, ‘मलाई लाग्छ यसका अलावा पनि हाम्रो जीवनमा अरू धेरै कुराहरू छन्। ब्रेकअपबाट म चाँडो निस्कन सक्छु किनकी मलाई थाहा छ, जब म कुनै सम्बन्धमा थिएँ, मैले धेरै कुरा गरेकी छु भनेर। सबै कुरा दिए तर टिक्न सकेन। मलाई थाहा भैसक्छ कि अब केही बाँकी छैन्।’

कंगना अभिनित ‘रंगुन’ फिल्म चाँडै नै रिलिज हुँदैछ जसमा उनी एक सुपरस्टार हिरोइनको भूमिकामा रहेकी छन्।