राइट एण्ड एसोसिएटको ब्राण्ड एम्बेसडरमा केकी अधिकारी

राइट एण्ड एसोसिएटको ब्राण्ड एम्बेसडरमा केकी अधिकारी

The Cinema Times

बिदेशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श सेवा दिँदै आएको राइट एण्ड एसोसिएटले नायिका केकी अधिकारीलाई ब्राण्ड एम्बेसडरमा अनुबन्धित गरेको छ । राइट एण्ड एसोसिएटले सेवा सुरु गरेको १६ औं बर्ष पुगेको अबसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा केकीलाई कम्पनीको ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । ‘बिदेशमा अध्ययन गरेर सीप र ज्ञान हाँसिल गरी देशलाई केही गर्न खोज्ने युवाहरुलाई राइटले सही बाटो देखाइदिएको छ’ केकीले भनिन- पुरानो र बिश्वसनीय कम्पनीसँग अनुबन्धित हुन पाउँदा मलाई खुसी लागेको छ ।’वनमन्त्री शंकर भण्डारीसमेत उपस्थीत सो कार्यक्रममा कम्पनीका निर्देशकद्वय परशुराम अधिकारी र निर्देशक बालचन्द्र भट्टराइले कम्पनीको स्थापना र १६ बर्षे यात्राका बारेमा जानकारी गराउनुभएको थियो । मुलतः अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीलाई परामर्श सेवा उपलब्ध गराउने राइट्सले काठमाण्डौको पुतलीसडक र सिड्नीमा आफ्नो कार्यालय स्थापना गरेको छ । यसका शाखाहरु अष्ट्रेलियाको सिड्नी ,मेलवर्न र नेपालको पुतलीसडक र चितवममा रहेको छ ।