प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कुम्भ करण’को टिजर रिलिज भएको छ । कमेडी शैलीमा तयार पारिएको यो चलचित्रको केन्द्रमा नायिका नीशा अधिकारी देखिएकी छिन् । एक गाउ“मा पढाउने शिक्षिकाको रुपमा उनी देखिएकी छिन् ।
टिजरमा उनलाई केन्द्रमा राख्दै चलचित्रका मुख्य कलाकार गौरव पहारी, भोला सापकोटा, अभय बराललाई देखाइएको छ । उनीहरु ३ जनाकै आ“खा निशामाथि देखिएको छ । आकाश पल इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा आकाश पल, कुलदिप अधिकारी, कमल गाउ“ले, प्रतिभा क्षेत्री, सद्भाव थापा लगायतका कलाकारलाई पनि दर्शकले देख्न सक्नेछन् ।आकाश पलको प्रस्तुतीमा तयार भएको चलचित्रमा क्षितिज बस्नेतको निर्माण, रोम वलीको सह–निर्माण छ ।
टिजर हेर्नुस् :

Comment