मनोज केसीले लण्डनमा कलिउड सिनेमा अवार्ड आयोजना गर्ने

मनोज केसीले लण्डनमा कलिउड सिनेमा अवार्ड आयोजना गर्ने

The Cinema Times

धेरै पटक बिदेशमा फिल्म अवार्ड आयोजन गरि सफलता कमाएका लचित्र प्राविधिक संघका पुर्व अध्यक्ष तथा संचारकर्मी मनोज केसीले ‘सातौ कलिउड सिनेमा अवार्ड’ आयोजना गर्ने भएका छन्  । लण्डनमा  गरिने यो अवार्डको शनिबार पत्रकार सम्मेलनको गर्दै उद्घोष गरिएको हो ।

संगिक्षा फिल्मस्को प्रस्तुतिमा लण्डनको थर्ड आइ संगको सहकार्यमा यो अवार्ड लण्डनमा सम्भवतः अंग्रेजी मे महिनामाआयोजना हुनेछ ।  कार्यक्रममा बोल्दै अवार्डका प्रमुख केसीले बिदेशमा नेपाली चलचित्रको विकास र विस्तारका लागि अवार्ड गर्न लागेको बताए । नेफ्टामा आफु आएपछि ‘कलिउड सिनेमा अवार्डको श्रृङ्खलालाई रोकेर ‘नेफ्टा अवार्ड’ आयोजना गरेको बताउँदै मनोजले अब रोकिएको अवार्डलाई निरन्तरता दिने बताए ।

अर्का आयोजक  तथा थर्ड आइ’ का सदस्य अजय राइले अवार्डलाई भव्य बनाउन आफुहरुले कुनै कसर बाँकी नराख्ने बताए, बिदेशमा नेपाली फिल्मको मार्केट बनाउने आफुहरुको प्रयास रहने पनि उनले थपे ।  यस्तै, संसरा मनी ट्रान्सफरका संचालक राजाराम गिरीले नेपाली चलचित्रलाई मजबुत बनाएर लण्डनमा अवार्ड गरिनु पर्ने बताए ।

उक्त कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्माता केशव भट्टराई, नायक निखिल उप्रेती, सेन्सर बोर्ड सदस्य सन्दिप सापकोटा लगायतले अवार्डलाई सफलताको शुभकामना दिए । मुख्य १५ विधामा यो अवार्ड वितरण गरिने छ जसमा नेपालबाट चर्चित हस्तीहरु सहभागी हुन् लण्डन जानेछन् ।