२४ घण्टा नपुग्दै ‘लप्पन छप्पन’ ट्रेलरको एकलाख प्लस भ्यू, कसरी भयो भाईरल जान्नुहोस्

२४ घण्टा नपुग्दै ‘लप्पन छप्पन’ ट्रेलरको एकलाख प्लस भ्यू, कसरी भयो भाईरल जान्नुहोस्

The Cinema Times

शनिबार बेलुका फिल्म ‘लप्पन छप्पन’ को ट्रेलर रिलिज  भयो, रिलिजको २४ घण्टा पनि नपुग्दै यो फिल्मको ट्रेलरलाई एक लाख बढी हेरीसकिएको छ ।

चैत ११ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन’को ट्रेलर यो समाचार  तयार गर्दासम्म एक लाख आठ हजार पाच सय बढी पटक भ्यु भईसकेको  छ । यतिबेला लप्पन छप्पनको ट्रेलर भाईरल भैरहेको छ, यसै गरि केहिदिन अघि रिलिज फिल्म लुट २ ट्रेलर पनि यसै गरी भाईरल भई २४ घण्टामा सर्बाधिक हेरिएको थियो।

Watch Trailer Here:

मुकुन्द भट्ट निर्देशित फिल्ममा सौगात मल्ल, दयाहाङ राई,अर्पण थापा, वर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेललगायतले अभिनय रहेको छ। ट्रेलर हेर्दा फिल्म निकै दमदार बनेको संकेत देखिएको छ । करोड माथिको बिग बजेटम बनेको फिल्मको बेल्जियम र नेपालमा छयांकन गरिएको छ ।

ट्रेलरमा दृश्यहरु हेर्दा फिल्म रिच बनेको देखिन्छ भने कलाकारको अभिनय र डाईलग पनि गज्जबका छन् । सौगात अनि दयाका दमदार अभिनय, उनीहरुको फरक लुक्स अनि गज्जबका डाईलग अनि फिल्मको बिदेशी फिल्म सरहको प्रस्तुतिले हुनसक्छ यो ट्रेलर भाईरल भएको ।

ट्रेलर भाईरल हुनु र बिदेशी फिल्म सरहको मेकिंग  फिल्ममा देखिनुले यो फिल्मले बक्स अफिसमा राम्रो बिजनेश गर्ने संकेत समेत देकिएको छ ।