र्‍यापर यम बुद्धद्वारा आत्महत्या

र्‍यापर यम बुद्धद्वारा आत्महत्या

The Cinema Times

चर्चित युवा गायक एवं र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ।

उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसी नेपाली सेवाका अनुसार अनिलका पारिवारिक सदस्यले मृत्युको पुष्टी गरेको जनाएको छ।

२९ वर्षिय अधिकारी शनिबार आफ्नो बाथरुममा मृत भेटिएका हुन्। उनी आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।

उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।