प्रर्दशनको एकसय २७ दिन मै युट्युबमा आयो ‘छक्का पन्जा’, पाइरेसीले बनायो बाध्य

प्रर्दशनको एकसय २७ दिन मै युट्युबमा आयो ‘छक्का पन्जा’, पाइरेसीले बनायो बाध्य

The Cinema Times

सर्बाधिक बक्स अफिस कलेक्सन गर्न सफल र कयौं रेकर्ड राखेको एतिहासिक सिनेमा ‘छक्का पञ्जा’ युट्युवमा रिलिज भएको छ । नेपाली पर्दाहरुमा भदौ २४ गते रिलिज भएको यो फेसबुक मार्फत पाइरेसी भएपछी निर्माण युनिटले बाध्य भएर युट्युव रिलिज गरेको हो ।

दिपाश्री निरौला डेब्यु निर्देशित ‘छक्का पञ्जा’ले नेपाल बक्स अफिसमा झन्डै १६ करोड ६० लाख माथीको कलेक्सन गरेको छ । प्रदर्शनको एक सय प्लस दिन पुरा गर्दै यो फिल्म हाल सम्म पनि केहि हलमा प्रर्दशनरत छ ।

Watch Full Movie Chhakka Panja Here:

युरोपमा फिल्म प्रर्दशन गर्न दिपक र दिपा उतै थिए, यहि बेला यहाँ फिल्म पाइरेसी भयो यो कुरा दीपकले समेत स्ट्याटस लेखि स्वीकारे । दुवै जना भ्रमण छोट्याएर नेपाल फर्किंदै पनि छन् । पाइरेसी गर्नेलाई कानुनी कारबाही गरिने र केहि व्यक्ति पक्राउ समेत गरिएको जानकारीमा आएको छ ।

पाईरेसी र युट्युव रिलिज भए स्नागे बिदेशका प्रर्दशनहरु रोकिने देखिन्छ । यसअघी प्रेम गीत, ड्रिम्स लगायत फिल्महरु समेत पाइरेसीको मारमा परेका थिए । ‘छक्का पञ्जा’ मा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, बर्षा राउत, नम्रता सापकोटा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा राजनराज सिवाकोटी र दिपक शर्माको संगीत छ ।