RIP: कलाकार विष्णुभक्त फुयाँलको निधन, ‘यो माई लभ बुढा’ नामले थिए चर्चित

RIP: कलाकार विष्णुभक्त फुयाँलको निधन, ‘यो माई लभ बुढा’ नामले थिए चर्चित

The Cinema Times

चर्चित कलाकार विष्णुभक्त फुयाँल जो टिभी सिरियल तितो सत्यमा अभिनय गरि  ‘यो माई लभ बुढा’का नामले चर्चित थिए उनको  निधन भएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा मंगलबार नाटक गर्दै गरेको बेलामा स्टेजमा ढलेपछी उनलाई विर अस्पताल लागीएको थियो, उनको त्यहीँ नै निधन भयो ।
उनको निधनको खबर पाए पछी बिर अस्पतालमा अहिले सिनेकर्मीहरु ठुलो संख्यामा जम्मा भएका छन्।  फुयाँलको अन्तिम संस्कार बुधबार गरिने बताईएको छ । उनको परिवारमा तीन छोरा छन् भने पत्निको यसअघि नै निधन भईसकेको छ ।
उनि बौद्ध स्थित पानी ट्याङ्की नजिक घरमा एक्लै बस्दै आएको संचारकर्मी राजन घिमिरेले जानकारी दिए । राजन भन्छन, ”हिजो बिहान मात्र दुध किन्दै गरेको उनीलाई मैले चोकमा देखेको थिए, आज उहाको निधनको खबर सुन्दा स्तब्ध भएको छु ।”
हाम्रो तर्फबाट फुयाँललाई हार्दिक श्रद्धान्जली ।