द सिनेमा टाइम्स, काठमाडौँ – लेखक तथा फिक्सन डिजाइनरका रुपमा परिचित अख्यानकार कुमार नगरकोटी अब सिनेमा निर्देशक बन्ने भएका छन । केहि समय पहिले ‘लालपुर्जा’को ट्रेलर लञ्च कार्यक्रममा उनले आफु निर्देशक बन्न लागेको कुरा बाहिर ल्याएका थिए ।
नगरकोटीले ‘लालपुर्जा’मा अतिथि लेखक तथा कलाकारको रुपमा पनि काम गरेका छन् । नेगेटिभ बुद्ध फिल्मको व्यानरमा निर्माण हुने सिनेमाको नाम ‘ज्ञ’ जुराइएको छ । ‘लालपुर्जा’लाई पनि नेगेटिभ बुद्धले नै निर्माण गरेको हो ।
कथा लेखनबाट साहित्यमा प्रवेश गरेका नगरकोटिका दुइ कथासंग्रह, एक उपन्यास, संस्मरण लगायतका पुस्तकहरू प्रकाशित छन्। उक्त फिल्मको सह–निर्देशन ‘लालपूर्जा’ का निर्देशक निगम श्रेष्ठले नै गर्ने बताइएको छ ।

Comment