‘इकू’ परिचय ‘फिर्के’ले बदल्नेछ: शुलेमान शंकर

‘इकू’ परिचय ‘फिर्के’ले बदल्नेछ: शुलेमान शंकर

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘फिर्के’ यतिबेला प्रचारप्रसारको देश दौडाहमा छ । पौष २१ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा युनिट यतिबेला मोफसल टुरको लागी झापा पुगेको छ । ‘फिर्के’का कलाकार तथा निर्माता सुलेमान शंकर “ईकु”ले  सिनेमा विशुद्ध रुपमा हाँस्यप्रधान रहेको बताउदै यसले आफ्नो ‘ईकु’ परिचय नै परिवर्तन गरिदिने बताए ।

‘फिर्के’ले तपाईलाई पूर्ण मनोरंजन दिनेछ, त्यसका लागि तपाईलाई समय र पैसा खेर गएको महशुस हुनेछैन ।‘ त्यसैले एकपटक हलमा गएर ‘फिर्के’ हेर्न उनले प्रेसमिटमा आग्रह गरे ।

सिनेमामा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय छ । सिनेमालाई चर्चित हास्यकलाकार रवि डंगोल ‘बेमान’ले निर्देशन गरेका हुन । सिनेमाको पटकथा अभिमन्यु निरबीले तयार पारेका हुन । भने, अष्ट महर्जनको दन्द्ध, मित्र डि गुरुङको सम्पादन, रामकुमार केसीको छाँयाकन सिनेमामा हेर्न सकिनेछ ।