मंसिर २९ देखि प्रदर्शनमा आउने फिल्म ‘सुपर गोर्खे’ को पोस्टर सार्वजनिक गरिएको छ । साइत हेराएर बिहिबार सवा ११ बजे फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा गुड, व्याड र अग्ली म्यानहरुलाई प्रस्तुत गरिएको छ । नायिका ऋचा सिंह ठकुरी भने पोस्टरमा छैनन् ।

नायिका ठकुरीले निर्माण गरेको ‘सुपर गोर्खे’ लाई राज थापाले निर्देशन गरेका हुन् । अविर हाउस प्रोडक्सनमा बनेको फिल्मले दैवी शक्ति बिना समाजका शक्तिशाली व्यक्तिहरुको कथा बताउँछ । फिल्मको कथालाई मध्यनजर गर्दै समाजका केही शक्तिशाली व्यक्तिलाई सम्मान गर्ने योजना समेत निर्माण पक्षले बनाएको छ ।
Comment