हिट भए ‘गोलमाल अगेन’ र ‘सेक्रेट सुपरस्टार’ !

हिट भए ‘गोलमाल अगेन’ र ‘सेक्रेट सुपरस्टार’ !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – दिवालीको अवसर पारेर प्रदर्शनमा आएका बलिउड सिनेमा ‘गोलमाल अगेन’ र ‘सेक्रेट सुपरस्टार’ बक्सअफिसमा हिट सावित भएका छन् ।

बिग बजेटको ‘गोलमाल अगेन’ र सामान्य बजेटमा निर्माण भएको ‘सेक्रेट सुपरस्टार’को कलेक्सनले बलिउडको खस्किएको व्यापार माथि उठाएको भारतीय मिडियाहरुले समिक्षा गरेका छन् । अजय देवगण, परिनिती चोपडा, तबु, अर्षद वार्षी,  तुसार कपूर स्टारर ‘गोलमाल अगेन’ ८० करोडको बजेटमा निर्माण भएको थियो । अहिलेसम्म सिनेमाले भारतीय बक्सअफिसमा १ सय ७१ करोड बढी नेट कलेक्सन गरिसकेको छ । सिनेमाले दर्शक तथा समिक्षकबाट औसत प्रतिक्रिया बटुलेको थियो ।

त्यस्तै, आमिर खान, जाइरा वासिम स्टारर ‘सेक्रेट सुपरस्टार’ २५ करोडको बजेटमा निर्माण भएको सिनेमा हो । दर्शक र समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको ५१ करोड बढी नेट कलेक्सन गरिसकेको छ ।

लगानीको सय प्रतिशत भन्दा बढी नाफा कमाईसकेका यी दुई सिनेमाले बक्सअफिसमा राम्रो प्रदर्शन गरेसँगै बलिउडका लागि २०१७ राम्रो जाने संकेत देखिएको छ । डिसेम्बरमा रिलिज हुने ‘पद्मावती’ र ‘टाइगर जिन्दा हे’बाट बलिउडले राम्रै आशा गरेको छ ।