यूरोपमा खिचियो होलिडे

यूरोपमा खिचियो होलिडे

The Cinema Times

निर्देशक बसन्त निरौलाले आफ्नो नयाँ चलचित्र होलिडे यूरोपका बिभिन्न मुलुकमा छायांकन गरेका छन् । कमेडी ड्रामा जनरामा बनेको होलिडेमा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेस्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रमा पहिलो पटक नायिका आचार्यले सोलो अभिनय गरेकी छन् ।

फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका मुलुकमा छायांकन गरी कलाकारहरुको टीम नेपाल फर्किसकेको छ भने निर्माण टीम भने केहि दिनमा फर्किने निर्देशक निरौलाले बताए । निर्देशक सहित नौ जनाको टीम चलचित्र छायांकनको लागी चालिस दिन अगाडी यूरोप पुगेको थियो । यूरोपमा छायांकनको व्यबस्थापन श्याम श्रेष्ठले गरेका थिए ।

बि एन फिल्मसको ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरु मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल, र हरि कार्की हुन् भने दिनेश कालिराज कार्यकारी निर्माता हुन् । चलचित्रलाई अभिमन्यू निरबीले लेखेका छन् भने युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत रहेको छ । बसन्त निरौला निर्देशित अर्को चलचित्र मेला यहि कार्तिक २४ गते रिलीज हुँदैछ ।