’लम्फू’ चलचित्रमा तरकारीवालीको अभिनय, पारिश्रमिक लगाईन् सामाजिक काममा

’लम्फू’ चलचित्रमा तरकारीवालीको अभिनय, पारिश्रमिक लगाईन् सामाजिक काममा

The Cinema Times

काठमाण्डौ। ठिक एक बर्ष अगाडी एकाएक भाईरल बनेर विश्वभर चर्चामा आएकी कुशुम श्रेष्ठ उर्फ तरकारीवालीले नेपाली चलचित्र ’लम्फू’मा अभिनय गरेको बताएकी छन् । गोपालचन्द्र लामिछाने निर्दे्शित यो चलचित्रमा अभिनय गरेबापत प्राप्त पारिश्रमिक कुशुमले अनाथ बालबालिकाको लागी खर्च गरेकी छन् ।

यसै बर्ष रिलीज हुने ’लम्फू’मा उनले कस्तो भूमिकामा अभिनय गरेकी हुन् त्यो भने अहिले खुलाएकी छैनन् । ’तपाईँहरु र दर्शकले हलमा गएपछि नै मेरो भूमिकाबारे प्रष्ट हुनुहुनेछ, म अहिले नै सबैकुरा खुलाउन चाहन्न’ कुशुमले भनिन् । यो चलचित्रको छायांकन अघिल्लो बर्ष नै भएको थियो तर पनि तरकारीवालीको अभिनयको बारेमा भने गोप्य राखिएको थियो । अब चलचित्र रिलीज हुने समय आएकोले आफुले आफ्नो अभिनय रहेको खुलाएको कुशुमले बताईन् ।

कुशुमले चलचित्रमा अभिनय गरेबापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाएको बताईन् । ’म जुन समाजमा हुर्के, बढेँ यहि समाजले आज मलाई तरकारीवालीको रुपमा विश्वभर चिनाएको हो । मलाई समाजले अनपेक्षित रुपमा यति धेरै कुरा दियो । मैले पनि समाजको लागि केहि गर्नुपर्छ भन्ने लागेर अनाथ(असहाय बालबालिकामा खर्च गरेकी हुँ’, कुशुमले भनिन्, ’यो मेरो पहिलो कमाई थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहिरहनेछु’ ।

शुरुमा चलचित्रमा अभिनय गर्ने सोच नबनाएको बताएपनि ’लम्फू’ टीमको सामाजिक उत्तरदायित्वको सोच र कुशुमलाई मास्टर डिग्री सम्म निशुस्ल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको कारण कुशुमले अभिनय गरेको उनले बताए । यो बर्ष ’लम्फू’ चलचित्र बाहेक अन्य कुनै पनि प्रकारको सम्झौता नगरेको र यो चलचित्र रिलीज पछि सामाजिक उत्तरदायित्व बहन गर्न सकिने कुराहरुमा मात्र सोचिने उनले बताए ।पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ’लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।