कमजोर ‘बादशाहो’, ‘ए मेरो हजुर २’लाई सुनमा सुगन्ध !

कमजोर ‘बादशाहो’, ‘ए मेरो हजुर २’लाई सुनमा सुगन्ध !

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड सिनेमा ‘बादशाहो’ले समिक्षकबाट खराब प्रतिक्रिया पाएको छ । बलिउडका थुप्रै मिडियाले सिनेमालाई कमजोर भनि समिक्षा गरेका छन् ।

यो वर्ष स्टारका सिनेमा समिक्षकको नजरमा चिप्लिएका छन् । र, समिक्षाको प्रभाव बक्सअफिसमा परिरहेको छ । रिलिज अगावै राम्रो हाइप बनाउँन नसकेको मल्टीस्टारर ‘बादशाहो’ले बक्सअफिसमा पनि कमजोर व्यापार गर्ने आँकलन गरिएको छ ।

यो सिनेमालाई बलिउड मिडिया ‘कोइमोई’ले २ रेटीङ गरेको छ । उसले ‘कमजोर कथा, ओभर एक्टिङ र ओभर निर्देशनको ट्याग भिराएको छ । त्यस्तै २ स्टार दिएको ‘दैनिक जागरण’ले ‘निरास कर्ता हे ये बादशाहो’ भनि शिर्षक लेखेको छ । शिवाय पछी पुन: निरास गर्न सक्छ अजयको ‘बादशाहो’ यो शिर्षक ‘आजतक’को हो । उसले पनि सिनेमालाई २ स्टार रेट गरेको छ । ‘बलिउड भास्कर’ले पनि कमजोर सिनेमा भन्दै २.५ स्टार प्रदान गरेको छ | ‘टाइम्स अफ इन्डिया’ले सिनेमालाई ३ रेट गरेको छ ।

साथै फिल्मीबिट अनलाईनले एकदम खराब सिनेमा भनेर लेखेको छ । उसले सिनेमालाई स्टारकास्ट हेरेर १ रेट गरेको छ । यो सिनेमामा अजय देवगन, इमरान हास्मी, इलियाना डीक्रुज, सन्नी लिओनी, इशा गुप्ता लगायतका कलाकारको अभिनय छ ।

‘ए मेरो हजुर २’ले उठाउन सक्छ फाईदा

नेपाली बक्सअफिसमा ‘बादशाहो’ दोस्रो नम्बरमा छ । यो साता रिलिज भएको ‘ए मेरो हजुर २’ले भारतीय सिनेमालाई प्रथामिक हल संख्यामा उछिनेको छ । पहिलो दिन आक्रामक दर्शक बटुलेको सिनेमाले शनिबार कमजोर प्रतिस्प्रधीको फाईदा उठाउँन सक्छ । ‘ए मेरो हजुर २’ भने दर्शक र समिक्षकबाट राम्रो समिक्षा पाएको छ ।

झरना थापाको डेब्यु निर्देशन रहेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ ।

‘ए मेरो हजुर २’ प्रिमियरमा फोटो खिचाउँदै साम्राज्ञी र सलिन