नवौं नेफ्टा अवार्डमा दया र नम्रता संगै पशुपती प्रसाद उत्कृष्ट (बिजेता सुचि सहित)

नवौं नेफ्टा अवार्डमा दया र नम्रता संगै पशुपती प्रसाद उत्कृष्ट (बिजेता सुचि सहित)

The Cinema Times

दुबईमा आयोजना भएको नवौ नेफ्टा अवार्ड सम्पन्न भएको छ, अवार्डमा फिल्म कबड्डी कबड्डीबाट दयाहांग राईले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने फिल्म क्लासिक बाट अभिनेत्री नम्रता श्रेष्ठ उत्कृष्ट भईन् ।

त्यस्तै उत्कृष्ट फिल्मको अवार्ड पशुपति प्रसादले पाउदा उत्कृष्ट निर्देशकको अवार्ड भने वडा नम्बर छ बाट उज्वल घिमिरेले पाए । डेब्यु अभिनेतामा पल शाहले अवार्ड उचाल्दा डेब्यु अभिनेत्रीको अवार्ड साम्राज्ञी राज्यलक्ष्मी शाहले पईन् । उता पपुलर नायक तर्फ युवास्टार अनमोल केसीलाई अवार्ड प्रदान गरियो। पपुलर नायिकाको अवार्ड प्रेम गीत बाट पुजा शर्मालाई प्रदान गरियो । प्रेम गीत बाटै अर्जुन पोखरेललाई उत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरियो ।

लाइफ टाईम अचिभमेन्ट बाट दुई प्राबिधिक कुल बहादुर महत ( जेठा दाई ) जो मालो समयदेखि फिल्मको भान्छाका काम गर्दै आएका छन र स्थल सहयोगी आनन्द बहादुर मगर ( नन्दु )लाई सम्मान गरियो । पृथक योगदान सम्मानबाट धुर्मुस-सुन्तलीलाई सम्मान गरियो भने नेफ्टा स्वर्णिम सम्मान  बाट तीन पुरानी अभिनेत्रीहरु भुवन चन्द थापा,चैत्यदेबी सिं र बसुन्धरा भुसाललाई सम्मान गरियो ।

नेपालबाट अवार्डका लागी झन्डै एकसय २० सिनेकर्मी तथा संचारकर्मीको टोली दुबई गएको थियो । राती अबेर सम्म आयोजित अवार्डको माहोल भब्य थियो भने त्यहाँ रहेका नेपाली दर्शकहरुको समेत बाक्लो उपस्थिति थियो ।

Watch Video Here:-

नेफ्टा अवार्डका बिजयी सिनेमा र सिनेकर्मीहरुको सुचि यसप्रकार छ :

सर्बोत्कृष्ट श्रृंगार
दिपु पौडेल (को आफ्नो )
सर्बोत्कृष्ट भेषभुषा
युबी थापा/योगिता पुन ( प्रेम गीत )
सर्बोत्कृष्ट कला
पासांग टि शेर्पा ( वडा नं ६ )
सर्बोत्कृष्ट द्वन्द
हिमाल केसी ( भैरब )
सर्बोत्कृष्ट संगीत संयोजन
राजन ईशान ( वडा नं ६ )
सर्बोत्कृष्ट ध्वनी मिश्रण
उत्तम न्यौपाने ( धौली )
सर्बोत्कृष्ट पार्श्वसंगीत
सुजिल कर्माचार्य ( फन्को )
सर्बोत्कृष्ट गीतकार
कृष्ण हरि बराल ( नाई नभन्नु ल ४ )
सर्बोत्कृष्ट कथा
राम बाबु गुरूंग ( कबड्डी कबड्डी )
सर्बोत्कृष्ट सम्बाद
खगेन्द्र लामिछाने ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट पटकथा
सुबर्ण थापा ( फन्को )
सर्बोत्कृष्ट हास्यकलाकार
विल्सन बिक्रम राई ( अधकट्टी )
सर्बोत्कृष्ट सह अभिनेता
प्रकाश घिमिरे ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट सह अभिनेत्री
निश्मा घिमिरे ( जन्मभूमि )
सर्बोत्कृष्ट गायिका
अन्जु पन्त ( प्रेमगीत )
सर्बोत्कृष्ट गायक
सुगम पोखरेल ( प्रेमगीत )
सर्बोत्कृष्ट संगीतकार
अर्जुन पोखरेल ( प्रेमगीत )
सर्बोत्कृष्ट नृत्य
रेनेसा बान्तवा राई ( प्रेमगीत )
सर्बोत्कृष्ट सम्पादन
बिपिन मल्ल ( फन्को )
सर्बोत्कृष्ट छॉयाकार
पुरूषोत्तम प्रधान ( नाई नभन्नु ल ४ )
सर्बोत्कृष्ट खलपात्र
बिपिन कार्कि ( पशुपतिप्रसाद )
सर्बोत्कृष्ट नवनायिका
साम्रज्ञ्य राज्यलक्ष्मि शाह ( ड्रिम्स )
सर्बोत्कृष्ट नवनायक
पल शाह ( नाई नभन्नु ल ४ )
पपुलर नायिका
पुजा शर्मा ( प्रेमगीत )
पपुलर नायक
अनमोल केसी ( ड्रिम्स )
पपुलर चलचित्र
ड्रिम्स
सर्बोत्कृष्ट नायिका
नम्रता श्रेष्ठ ( क्लासिक )
सर्बोत्कृ्ष्ट नायक
दयाहांग राई ( कबड्डी कबड्डी )
सर्वोत्कृष्ट चलचित्र
पशुपतिप्रसाद
सर्वोत्कृष्ट निर्देशक
उज्जवल घिमिरे ( वडा नं ६ )
लाईफ़ टाईम अवार्ड
कुल बहादुर महत ( जेठा दाई )
भान्छा
आनन्द बहादुर मगर ( नन्दु )
स्थल सहयोगी
उत्कृष्ट जनजाति चलचित्र
तिमि नभए
पृथक योगदान सम्मान
सिताराम कट्टेल,कुन्जना घिमिरे
प्रोत्साहन सम्मान
दिपाश्री निरौला ( निर्देशक छक्का पन्जा )
नेफ्टा स्वर्णिम सम्मान
भुवन चन्द थापा
चैत्यदेबी सिं
बसुन्धरा भुसाल