द सिनेमा टाइम्स, काठमाडौँ – आँचल शर्मा र आकाश श्रेष्ठ अभिनित सिनेमा ‘ब्ल्याक’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक ४ पोस्टरमा आकाश र आँचललाई मात्र प्रस्तुत गरिएको छ ।
आश्मा फिल्मस प्रालिको व्यानरमा ‘ब्ल्याक’लाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । प्रदीप श्रेष्ठ निर्देशित सिनेमाको आधिकारिक रिलिज डेट जेठ ११ तोकिएको छ ।
पोस्टर सार्वजनिकसँगै सिनेमाको प्रचार सुरु गरिएको निर्देशक श्रेष्ठले बताए । ‘पछिल्लो समय नेपाली सिनेमाप्रति आकर्षित भइरहेको र निरन्तर हेरिरहेका दर्शकको मनोभावना बुझ्नेगरी सिनेमा तयार गरेका छौँ, निर्देशकले श्रेष्ठले भने, ‘हाम्रो सिनेमाले आजसम्म हलमा नपुगेका नयाँ दर्शकलाई समेत आकर्षण गर्नेछ ।’
एक्सन लभस्टोरी जनराको सिनेमा मौनता श्रेष्ठको लेखनमा तयार भएको हो । ‘ब्ल्याक’मा महेश खड्का र प्रतिक पौडेलको संगीत छ, भने द्वन्द्व निर्देशनको काम चन्द्र पन्तले गरेका छन् । रामजी लामिछानेले कोरियोग्राफी भरेको सिनेमामा अर्जुन जिसीको सम्पादन छ । सिनेमालाई राजधानीमा गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन्, भने मोफसलमा मनोज राठी र उज्जल पौडेलले वितरण गर्नेछन् । चेतनकुमार पाण्डे सिनेमाका कार्यकारी निर्माता हुन् ।
Comment