‘शेरबहादुर’का तिन सस्पेन्स पोस्टर रिलिज

‘शेरबहादुर’का तिन सस्पेन्स पोस्टर रिलिज

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १९ गतेबाट अलनेपाल रिलीज हुने सिनेमा ‘शेरबहादुर’को पोस्टर रिलीज गरिएको छ । अवकाश पाप्त एक निडर र शन्की आर्मि पात्रको कथामा यो सिनेमा निर्माण गरिएको टिमले बताएको छ ।

‘शेरबहादुर’ नै सिनेमाको मुख्य पात्र हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तीका लागि केही योजना बनाउँछन् । त्यहिँ योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मको पोष्टरले चित्रण गरेको छ । सिनेमामा मुख्य भूमिका सुनिल थापाले निर्वाह गरेका छन् ।

सार्वजनिक पोस्टरमा सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधानलाई समेटिएको छ । तिन पोस्टरमा फरक-फरक सस्पेन्स छोडिएको टिमले उल्लेख गरेको छ ।

आर राजवंशिले निर्देशन गरेको सिनेमाको निर्माण बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी मिलेर गरेका हुन । सिनेमामा कोशिश क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ/नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । ‘शेरबहादुर’लाई प्रमोद क्षेत्रीले लेखेका हुन् ।