कतारमा ‘सुपरस्टार नाइट’ हुने

कतारमा ‘सुपरस्टार नाइट’ हुने

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सेलेब्रेटीहरुलाई लिएर संगिक्षा फिल्मसले मार्च ८ र ९ मा कतारस्थित दुई शहरमा ‘सुपरस्टार नाइट’ आयोजना गर्ने भएको छ । संगिक्षा फिल्मससँग कुमारी बैंक र बुम रेमिटले सहकार्य गर्नेछन् ।

मनोरंजन क्षेत्रका निरुता सिंह, जितु नेपा अनु शाह, हेमन्त शर्मा, आनन्द कार्की, अनिल सिंह, युवराज चौलागाई, सन्तोष राज, रितकुमार श्रेष्ठ, राजनराज सिवाकोटी, राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, शंकर विसी लगायतका स्रस्टा उपस्थित हुने कार्यक्रममा अन्य चर्चित कलाकारहरुको छनोट कार्य चलिरहेको संगिक्षा फिल्मसका प्रमुख एवं संचारकर्मी मनोज केसीले जानकारी दिए ।

यो कार्यक्रमले नेपाली गीत/संगीत, हाँस्य व्यंग्यको बिकाश र प्रबर्द्धनमा सहयोग गर्ने आयोजक टिमको अपेक्षा छ । आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ,  मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ लगायत अन्य छन् ।

तस्विर: रीना मोक्तान