युट्युब: शिर्ष तिनमा दयाहाङ, अनमोल र अक्षयको स्पर्धा

युट्युब: शिर्ष तिनमा दयाहाङ, अनमोल र अक्षयको स्पर्धा

The Cinema Times

द सिनेमा टाइम्स, काठमाडौँ – युट्युब नेपाल ट्रेन्डीङको शिर्ष तिन सिनेमामय बनेको छ । शिर्ष तिनमा दयाहाङ राईको ‘मिस्टर झोले’, अनमोल केसीको ‘कृ’ र अक्षय कुमारको ‘प्याडम्यान’ले क्रमस… प्रतिस्पर्धा गरिरहेका छन् । यी तिनै अभिनेता स्टारडममा अब्बल छन् । त्यसैले यो उतारचढाव हेर्न लायक छ ।

दुई दिन देखि शिर्ष स्थानमा रहेको ‘मिस्टर झोले’ ट्रेलरले अन्य ट्रेलरलाई माथि आउन दिएको छैन । त्यस्तै ‘कृ’ले द्रुत भ्युज पाएता पनि पहिलो स्थान ओगट्न सकेको छैन । यो समाचार तयार पर्दासम्म ‘कृ’ले १७ घण्टामै ५ लाख १२ हजार भ्युज पाईसकेको छ । जुन नेपाली ट्रेलरले २४ घण्टा भित्र पाएको सर्वाधिक भ्युज हो । यसअघि २४ घण्टामा ‘ए मेरो हजुर २’ले ५ लाख ५ हजार बढी भ्युज पाएर यो रेकर्ड आफ्नो पोल्टामा पारेको थियो । तर, ‘कृ’ले यो रेकर्ड १७ घण्टामै तोडीदिएको छ । हेरौ ‘कृ’ले २४ घण्टा भित्र कति भ्युज प्राप्त गर्नेछ ।

त्यस्तै ४ दिन अगाडी रिलिज भएको ‘मिस्टर झोले’ले ५ लाख ७६ हजार बढी भ्युज प्राप्त गरेको छ । जुन भ्युजलाई राम्रो मान्न सकिन्छ । त्यस्तै १ दिन अगाडी रिलिज भएको अक्षय कुमार स्टारर ‘प्याडम्यान’ले अहिलेसम्म १ करोड २९ लाख भ्युज प्राप्त गरिसकेको छ । यसमा नेपालको तर्फबाट लाख बढी भ्युज गएको अनुमान लगाउन सकिन्छ । ट्रेन्डीङ तेस्रो स्थानमा रहेको ट्रेलरलाई पहिलो स्थान पाउँन मुस्किल देखिएको छ । किनकि, शिर्ष स्थानका लागि ‘प्याडम्यान’ले ‘कृ’सँग स्पर्धा गर्नुपर्नेछ ।

अब, हेरौ यो स्टारडमको स्पर्धामा कति लामो समयसम्म कुन स्टारले शिर्ष स्थान कब्जा गर्नेछन् ?